कांग्रेस-एमालेका जनप्रतिनिधिले रोके काठमाडौं महानगरको नगरसभा
बीपी र मदन भण्डारीको नाममा करोडौंको रकम मागेको बालेनको आरोप
काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ।
शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो। आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो।
आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो।
यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।
न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।
यसैबीच मेयर बालेनले शुक्रबार एक स्टाटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगरसभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफूले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौं भन्दा नमानेको उल्लेख गरेका छन्।
उनले भनेका छन्-
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।







डिसी नेपाल







Facebook Comment