शान्ति प्रक्रिया असफल भए मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने ढकालको चेतावनी
काठमाडौं। प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले संक्रमणकालीन न्यायको कामलाई तत्काल समाधान गर्न आग्रह गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर भएको अहिले १८ बर्ष लागेको भन्दै यसको निरुपण गर्न ढिलो गर्न नहुने बताए।
उनले भने, ‘अहिलेको सत्ता समीकरणमा रहेका पाँच दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा टिआरसी विधेयक तत्काल अगाडि बढाउने प्रतिबद्धता गरेका थिए र सोही अनुरुप प्रधानमन्त्रीज्यूले संक्रमणकालीन न्यायको कामलाई अगाडि बढाउने प्रयास थाल्नुभएको छ। यसको निम्ति म धन्यवाद दिन चाहन्छु।’
ढकालले संक्रमणकालिन न्यायको कामलाई अगाडि बढाएर शान्ति प्रक्रिया सफल भए देशका सबै दल सफल हुने र तलमाथि भयो भने देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
ढकालले भने, ‘नेपालको शान्ति प्रक्रिया र सम्मानित सर्वाेच्च अदालतको आदेश र अनि पीडितको न्यायलाई केन्द्रमा राखेर र अन्तर्राष्ट्रिय मान्यता अनुरुप शान्ति प्रक्रियाको काम तुरुन्त अगाडि बढाइयोस् र सम्पन्न गरियोस्।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment