रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव

डिसी नेपाल
१६ असार २०८१ १२:३९
60
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन्।

असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्।

उनले भनेका छन्- ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु। हाम्रो अडिट जनताले गरून्। गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन।’

बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *