अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा

डिसी नेपाल
२० असार २०८१ १२:५०
76
Shares

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका विषयका साथै संघियतालाई कार्यान्वयन गर्न संविधान संशाेधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले संविधान संशाेधन गर्न लागिएको उनले बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेस र एमाले बीच नयाँ सहकार्य शुरु गरिएको पनि उनले बताए।

त्यस्तै थापाले एमालेसंगको नयाँ गठबन्धन बनाईसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको स्पष्ट पारे। संविधान संशाेधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरु सहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *