अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन: ठाकुर गैरे

डिसी नेपाल
२४ असार २०८१ १२:२५
36
Shares

काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन्।

उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

उनले सरकार अल्पमतमा परेपछि यस्तो पनि हुदो रैछ भन्ने गीत गाउनु भन्दा उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *