महिन्द्रराय यादव भन्छन्- नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ
काठमाडौं। सांसद महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरुलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबि गरेका हुन्।
उनले भने, ‘संसदमा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो। विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनका लागि’
साथै, सांसद यादवले दुई ठुला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए। उनले संविधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment