प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेको ह्विप

डिसी नेपाल
२६ असार २०८१ १४:४२
468
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो ह्विप जारी गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *