शिक्षामन्त्री श्रेष्ठको प्रष्टोक्ति- म नेपाली नागरिक नै हुँ, कुनै पनि देशको पिआर लिएकी छैन
काठमाडौं। शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेपाली नागरिक नै रहेको बताएकी छन्।
मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन्।
उनले आफूले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन्। उनले आरोप आफैमा अस्पष्ट रहेको बताउँदै कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफुले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् ।
उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment