रवि लामिछानेको स्वीकारोक्ति- सरकारमा गएर सोचेजस्तो काम गर्न सकेनौं

डिसी नेपाल
२८ असार २०८१ १५:२५
336
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर  सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन्।

उनले सरकारमा गएपछि आफू सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफुहरुले राम्रो काम गरेको दाबी गरेका छन्। उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोही कारणले रातारात दुई ठूला दल एक ठाउँमा आएको बताए।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले  त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठुला दल एक ठाउँमा आउँदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफूहरुको चिन्ता रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *