पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबद्ध रूपमा हत्या गर्ने प्रयास भएको एफबीआइको निष्कर्ष

डिसी नेपाल
३० असार २०८१ १२:१६
132
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिल्भेनियाको एक र्‍यालीमा गोली हानेपछि प्रहरी र एफबीआईले आयोजना गरेको पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ ।

एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले घटनालाई हत्याको प्रयासको रूपमा हेरिएको पुष्टि गरे। उनले भने, “आज साँझ हाम्रा पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो।”

यसै क्रममा प्रहरीले गोली प्रहार गर्ने अभियुक्तको ‘केही हदसम्म’ पहिचान भएको बताएको छ । प्रहरीले शंकास्पद गोली प्रहार गर्ने व्यक्तिको नाम अबको केही घण्टामा सार्वजनिक गर्ने जनाएको छ ।

गोली लागेर एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकी सिक्रेट सर्भिसका कुनै पनि व्यक्ति थिएनन् । एफबीआईका विशेष एजेन्ट केभिन रोजेकले यस प्रेस सम्मेलनमा सिक्रेट सर्भिसका व्यक्ति आउन नपाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.