कोपा अमेरिकाको फाइनल खेल किन शुरु हुन सकेन?

डिसी नेपाल
३१ असार २०८१ ७:१६
680
Shares

काठमाडौं। अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको छैन।

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल अब नेपाली समय अनुसार ७ बजेदेखि शुरु हुने बताइएको छ।

स्टेडियममा फ्यानहरुको भिड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।

आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको छ। मिडिया रिपोर्टका अनुसार प्रहरीले केही समर्थकहरुलाई हिरासतमासमेत लिएको छ।

अत्याधिक गर्मीका कारण कैयौं समर्थकहरु बेहोस समेत भएको र उनीहरुलाई उपचार गरिएको दृश्य समत सार्बजनिक भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.