तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाएँ : प्रचण्ड

डिसी नेपाल
३१ असार २०८१ १३:४६
88
Shares

काठमाडौं। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीज्यूहरू, सङ्घीय संसदका सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *