महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
काठमाडौं। महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा पोखरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १३ गते नियुक्त गरेकी थिइन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment