आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै छ।
जसअन्तर्गत अहिले विहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र मधेशी आयोगले खेलेको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ।
त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।
बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनको विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment