प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

डिसी नेपाल
२ साउन २०८१ २२:०८
32
Shares

काठमाडौं। चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भने, ‘यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु।’

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताएका छन्।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *