‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ मा देखिएको समस्या समाधानका लागि छलफल

डिसी नेपाल
२ साउन २०८१ २३:२६
52
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद मिलाउन सरोकार भएका निकायसँग छलफल गरेका छन्।

निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ वापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुली काट्न सुरू गरेपछि भएको विवादलाई समाधान गर्न मन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँग छलफल गरेका हुन्। उनले भुक्तानी विवाद भोलिसम्म नित्कर्षमा पुर्‍याउन दुवै पक्षलाई आग्रह गरे।

‘विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढंगले टुंगोमा पुर्‍याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ। यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ’, मन्त्री खड्काले भने।

छलफलमा मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव तथा उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *