आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप
काठमाडौं। नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।
आइतबार अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो।
प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको छैन। कांग्रेस-एमाले विश्वासको मतमा दुई तिहाइ समर्थन जुटाउने कसरतमा लागिरहेका छन्।
त्यस्तै प्रधानमन्त्री ओलीलाई तीन विपक्षी दल माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment