प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान
काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।
आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो। बैठकले निर्वाचन आयोगको आयुक्तमा प्रतावित कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने बताइएको छ।
निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ सकिएको छ । आयुक्तमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने हुन सकेको छैन । यसअघि नेपाल कानुन समाजमा कार्यरत रहेका प्रधानमाथि यौन शोषणको आरोप छ।
यौन शोषणविरुद्धको मुद्दा मेलमिलापमार्फत टुङ्ग्याइएकाले उनी आयुक्तका लागि अयोग्य रहेको भन्दै सांसदहरुले उनको नैतिक चरित्रमाथि प्रश्न उठाइरहेका छन्।
संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment