गृहमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको शिष्टाचार भेट

डिसी नेपाल
३२ साउन २०८१ १७:०७
20
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसंघको भूमिकाको प्रसंशा गरे। सो अवसरमा उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरे।

सो अवसरमा संयोजक हाम्डीले संक्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसंघको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उनले उल्लेख गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *