नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

डिसी नेपाल
२ भदौ २०८१ १६:५०
852
Shares

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको एकल इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

झालाई राजनीतिको माथिल्लो ‘नेक्सस’का रुपमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो। उनलाई प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको थियो।

उनीविरुद्ध  किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतको थुनामा पठाउने आदेश पछि उनलाई केन्द्रीय कारागार सुनधारा चलान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *