धनकुटामा विद्यार्थीले बनाए विभिन्न स्वचालित सामग्री
धनकुटा। यहाँस्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन्।
कक्षा १२ मा अध्ययनरत सात विद्यार्थीले तीन जना प्रशिक्षकको सहयोगमा ती सामग्री बनाएका हुन्।
विद्यार्थीले प्रविधिको प्रयोग गरी स्वचालित डस्बिन र कारलगायत सामग्री बनाएका प्रशिक्षक रामचन्द्र लिम्बूले जानकारी दिए। नमुना परीक्षणका रूपमा यस्ता सामग्री बनाएका र आगामी दिनमा घरायसी काममा प्रयोग हुने सामग्री निर्माण गर्ने योजना रहेको उनले बताए।
विद्यार्थीले निर्माण गरेका सामग्री चौबिसे गाउँपालिकामा प्रदर्शन गरिएका छन् । प्रदर्शनीपछि गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले पालिका क्षेत्रका विद्यार्थीले गरेका सिर्जनालाई प्रोत्साहन गरिने बताए। उहाँले थप योजना विकासका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टंकमाया पांगी, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललगायतले विद्यार्थीका सिर्जनाको प्रशंसा गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment