भक्तपुरमा गाई जात्रा पर्व सुरु

डिसी नेपाल
३ भदौ २०८१ १९:२१
24
Shares

भक्तपुर। भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको छ। जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी घिन्ताङ्घघिसी नाच निकोसंगै भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको हो।

आठ दिनसम्म मनाईने गाईजात्राको भक्तपुरमा छुट्टै रौनक र आकर्षण रहेको छ। गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ। गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ।

भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामचा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ।

ताहामचालाई मृतकका घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ। ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ बाँदर नाच गाईजात्राको प्रमुख आकर्षण रहेको छ।

विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासँगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ। दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घघिसी नाच भनिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *