तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

डिसी नेपाल
४ भदौ २०८१ १८:२७
24
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ।

आज आयोजित एक समारोहका बीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको उद्घाटन गरे।

त्यस अवसरमा उनले काठमाडौं महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताए। ‘काठमाडौं महानगरपालिका–८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो’, संयोजक संगतले भने, ‘वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ। यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो।’ उनले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनःनिर्माण गरिएको बताए।

हाल वडा नं ८ मा ग्वलः दे फल्चा पुनःनिर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *