संखुवासभामा मनाइयो गाईजात्रा
खाँदबारी। संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर लगायतका बजारमा पनि मंगलबार गाईजात्रा मनाइएको छ। गाइजात्राको अवसरमा खाँदबारी र चैनपुरका युवाहरुले ढोल र झ्याम्टा बजाएर आफ्नो जातिको संस्कृति र रीतिरिवाज प्रदर्शन गरेका थिए। वर्ष दिनभित्र दिवंगत भएका आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाकी प्रदर्शन गरेर गाईजात्रा मनाउने प्रचलन छ।
चैनपुरका युवाहरुले रामायण मार्फत मृतकका परिवारका गुनगान गाएर बजार परिक्रमा गरेका छन्। जात्रा हेर्न गाँउगाउँबाट मानिसहरु आइरहेकाले सदरमुकाम खाँदबारी, चैनपुर, वाना लगायतका बजारमा निकै चहलपहल बढेको छ।
स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रोपाई जात्रा पनि विशेष उत्सवका रुपमा मनाउने गर्छन्। संखुवासभामा हरेक वर्ष नागपञ्चमीदेखि शुरु हुने लाखे जात्रा कृष्ण अष्टमीका दिनसम्म मनाईन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment