खोलामा बगेका बालक मृत फेला
फाइल फाेटाे
भरतपुर। चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन्। कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए।
आज घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मुलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। मृत बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment