बैतडीमा होटलबाट पाँच जना जुवाडे पक्राउ

डिसी नेपाल
७ भदौ २०८१ ९:३८
24
Shares

दार्चुला। बैतडीको पाटन नगरपालिकाको एक होटलबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । नगरपालिकाको मोहनपुरमा ४२ वर्षीय गणेशसिंह विष्टले सञ्चालन गरेको अन्नपूर्ण होटेलबाट होटल साहु विष्टसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जुवा खेलिरहेको अवस्थामा पाँच जना, नगद ६२ हजार ७७० रुपैयाँ र एक गड्डी तास नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनीहरूलाई बिहीबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिइएको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *