४० जना यात्रु रहेको यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

डिसी नेपाल
७ भदौ २०८१ १२:१२
824
Shares

दमौली। तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।

प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए। यात्रुको संख्या भने एकिन हुन सकेको छैन।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *