आँबुखैरेनी दुर्घटनामा मृत्यु भएका २५ जनाको शव वायुसेनाको विमानमार्फत भारत लगियो
काठमाडौं। तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ।
दुर्घटनामा मृत्यु भएका उनीहरुको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो। शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो।
वायुसेनाको विमानमार्फत २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
त्यसअघि भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरु पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment