मानसरोवर कैलास जाने राजमार्ग अवरुद्ध

डिसी नेपाल
८ भदौ २०८१ १९:२२
56
Shares

रसुवा। वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलास दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए। यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका छन्। उनीहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिए।

राजधानी काठमाडौंदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी रहेको बताइएको छ। चाँडो राजमार्ग खुलाई कैलास दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *