सुनकोशीमा कार खस्यो
फाइल फाेटाे
काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।
कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment