रामेछापमा पहिरोले घर पुरिँदा २ को मृत्यु, ८ जना बेपत्ता

डिसी नेपाल
९ भदौ २०८१ ७:४८
44
Shares

काठमाडौं। रामेछापमा पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।

शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँका चार वटा घर पहिरोले बगाएको छ। स्थानीय संगिता पहरीले दिएको जानकारी अनुसार घर बगाउदा नाबालकसहित ८ जना बेपत्ता भएका छन्।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *