दोरम्बामा पहिरोको जोखिममा रहेका ६५ घरपरिवारलाई अन्यत्र सारियो

डिसी नेपाल
९ भदौ २०८१ २३:२४
556
Shares

रामेछाप। दोरम्बा शैलुंग गाउँपालिका–३ मा गएरातिको पहिरोका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए।

आज घटनास्थल पुगेका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका थिए। पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीद्वारा जनही रु १०/१० हजार प्रदान गरेका थिए।

घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो भने ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी थिइन्। घाइतेको श्रेष्ठको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने पनि मन्त्री तामाङले घोषणा गरे।

पहिरामा परी सोही वडाका ५५ वर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेको र उनीहरूको खोजतलास भइरहेको दोरम्बा शैलुंग गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *