जसपा नेपालले छान्यो पदाधिकारी, रकम चेम्जोङ बने सहअध्यक्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ।
गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको थियो।
जसपा नेपालले सहअध्यक्षको जिम्मेवारी रकम चेम्जोङलाई दिएको छ। त्यस्तै, उपाध्यक्षहरुमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन्।
महासचिवको जिम्मेवारी लालबाबु राउत र रामकुमार शर्माले पाएका छन्।
त्यसैगरी, उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव, प्रवक्तामा मनिष कुमार सुमन, सचिवहरुमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्धीन राई, कोषाध्यक्षमा सुनिताकुमारी साह चयन भएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment