सहकारी पीडितको बचत फिर्ता गर्न माग

डिसी नेपाल
१० भदौ २०८१ १७:३५
28
Shares

काठमाडौं। सहकारी पीडित बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा अभियानकर्मीले जोड दिएका छन्।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथाशीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराएको थियो।

महासंघका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए। सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१ औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी पनि उहाँले दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *