पदाधिकारी चयनका लागि चुनाव गर्ने एकीकृत समाजवादीको तयारी

डिसी नेपाल
१० भदौ २०८१ १८:११
16
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय संरचनाहरुको निर्माणका विषयमा छलफल गरेको छ।

आइतबारबाट सुरु केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सोमबार पदाधिकारीलाई पूर्णता दिँदै केन्द्रीय संरचनाहरुको निर्माण गर्ने विषयमा प्रदेश पदाधिकारी लगाएतका अन्य सदस्यहरुसंग छलफल गरेको हो।

पार्टीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ। पदाधिकारी चयन सहमतिमा गर्ने प्रयास हुने र सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट भएपनि चयन गर्ने तयारी समाजवादीको छ। त्यस्तै बैठकले पार्टीको भावी कार्ययोजना समेत तय गर्ने नेताहरुले जनाएका छन् ।

यसैबीच सोमबार विभिन्न पार्टीबाट आएका कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष माधव नेपाल, सम्मानीत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गराएका छन्। केन्द्रीय कमिटी बैठक मंगबार सम्पन्न हुने समाजवादीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *