राजनीतिक दलहरु सच्चिनुको विकल्प छैनः रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरु सच्चिनुको विकल्प नरहेको बताएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरु प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन्।
आम नागरिकहरुले राजनीतिक दलहरुलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडीखेल घटनाबाट देखिएको उनले बताए। लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अब नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे।
उनले रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment