डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छः मन्त्री ठकुरी

डिसी नेपाल
११ भदौ २०८१ १७:५४
16
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरुको जवाफ दिँदै उनले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भएपनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराए।

मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्वतयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराए।

उनले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरु उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराए।

उनले सबै स्थानीय तहमा यस वर्षभरी वृक्षारोपण अभियान कार्यक्रम सञ्चालन गरिने र एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *