एकीकृत समाजवादी पदाधिकारी निर्वाचन: मत गणना सुरु

डिसी नेपाल
११ भदौ २०८१ २१:३८
84
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ।

मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीका शीर्ष नेता घनेन्द्र बस्नेतले उम्मेदारी फिर्ता लिनु भएपछि पाण्डे निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *