प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
काठमाडौं। नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपतिले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment