एमाले र माओवादी केन्द्रका सांसदको विवादपछि संसद बैठक अवरुद्ध
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए ।
त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन
दिएपनि विवाद बढेको थियों । माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment