विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ– गोकुल बास्कोटा

डिसी नेपाल
१३ भदौ २०८१ १६:१६
48
Shares

काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै विद्युतको बक्यौता उठाउन रोकेको आरोप लगाएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसदले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन्। साथै बास्कोटाले प्रचण्डलाई बंगलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए।

बास्कोटाले माओवादीको च्याँखे दाउ मात्र थापिरहेको भन्दै सत्ताबाट बाहिर जाने वित्तिकै बंगलादेश बनाउने बताएको उल्लेख गरे। बास्कोटाले माओवादीले लेखा समितिको सभापति मागेको प्रसंग उल्लेख गर्दै लेखा समितिको सभापति फेर्ने भए सबै समितिको फेर्नुपर्ने प्रस्ताव अगाडी सारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *