वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु छ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
मिक्लाजुङ गाउँपालका–७ घर भइहाल काठमाडौं गोकर्णेश्वर नगरपालका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालका–६ घर भइ हाल काठमाडौं महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालका–७ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने, ‘लामाले रु तीन लाख ६५ हजार, विश्वकर्माले रु एक लाख दुई हजार तथा श्रेष्ठले रु दुई लाख दश हजार लिइ क्रोएसिया र दुबई लगायतका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी आरोपीहरू सम्पर्कविहीन भएको पीडितहरूले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो।’
निजहरूलाई काठमाडौं तथा भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment