चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा?
काठमाडौं। ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’लाई चुमभ्यालीबाट विदाइ गरिएको छ। जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेपछि उनी भोजपुरका लागि बाटो लागेका छन्।
प्रकाशको बिदाईमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए। चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन्। त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ।
लामाले भने, ‘आज प्रकाशलाई छरछिमेकसमेत भेला भएर हार्दिकतापूर्वक बिदाई गरिएको छ। प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिनेछौं।’
उनले आफू काठमाडौंमै भएकाले प्रकाशलाई यहाँ आएपछि प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने बताएका छन्। प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए।
दशैंमा फेरि फर्किने वाचासहित पोहोर चुमभ्याली फर्किएका प्रकाशलाई नागरिकता साथै रोजगारीको सहयोगका लागि चौतर्फी ढाडस मिलेपछि प्रकाश आजै भोजपुरतर्फ लागेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment