सामाजिक संस्थाहरुलाई आउने सहयोग र स्रोतको सहि परिचालन चुनौतीपूर्ण: महिलामन्त्री सुडी (भिडियो)

डिसी नेपाल
१४ भदौ २०८१ १३:४१
16
Shares

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बिभिन्न प्रयोजनका लागि सामाजिक संस्थाहरुलाई आउने सहयोग र स्रोतको सहि परिचालन चूनौतिको रुपमा रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा युथ एनजिओ फेडेरेशन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले बिभिन्न सामाजिक संस्थाहरुले बिभिन्न शीर्षकमा सहयोग भित्राइरहेको अवस्थामा उक्त सहयोगको सहि परिचालन चूनौतिको रुपमा देखिएको बताएका हुन्।

राज्यलाई सहायता गर्ने सवै निकायलाई प्रभावकारी बनाउनु अहिलेको आवश्यता रहेको उनले बताए। सामाजिक संस्थाहरुको व्यवस्थापनमा केहि सुधारको आवश्यता देखिएको भन्दै उनले समाज कल्याण परिषद्बाट संस्थाहरुलाई अधिकतम सहजीकरण गर्ने गरि समस्या हल गर्ने नीति लिएको उल्लेख गरे।

त्यस्तै मन्त्री सुडीले राज्यको प्राथमिकताका आधारमा योजना छनौट गरि प्रभावकारी कार्यान्वयनका लागि निरन्तर संस्थाहरुको नियमन गरिने बताए।.

उनले संघीय मर्म अनुरुपको एकीकृत समाजिक सेवा ऐन ल्याई सामाजिक संस्थाहरुबाट हुने सेवा प्रवाहलाइ पारदर्शी रुपमा राज्यसंग जोड्ने तयारी भइरहेको जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *