काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न
काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा प्रतिक्रया दिएका छन्।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर सत्ता बाहिर हुँदा हुन लागेका काम समेत रोक्न कुर्लिएको बस्नेतको आक्षेप छ।
अध्यक्ष बस्नेतले कवितात्मक शैलीमा सामाजिक सञ्जाल मार्फत प्रचण्डको आलोचना गरेका हुन्।
आफू सर्वेसर्वा हुँदा प्रचण्डले
आफै र परिवारतिर गुलियो खाको,
देश र जनता भुलेको तर सत्ता बाहिर
सडकमा पुगेसी हुन लागेका काम रोक्न र जनताका आशा मेटाउन लागेको बस्नेतले लेखेका छन्। मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको हो। त्यसपछि माओवादी सरकारमा हुँदा विभिन्न समयमा ४ पटक हटाउन खोज्दा असफल बनेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment