प्युठानको एक घरमा मानव कंकाल भेटियो

डिसी नेपाल
१७ भदौ २०८१ २०:३६
80
Shares

स्वर्गद्वारी। प्युठानमा मानव कंकाल भेटिएको छ। माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कंकाल फेला परेको हो।

स्थानीय दलबहादुर खत्रीको घरमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए।

ओत लागेको समयमा मानव कंकाल देखिएको स्थानीय बताएका छन्। कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कंकाल भेटिएको प्रहरीले जनाएको छ।

मानव कंकाल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो। घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ। सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो।

प्रहरीले कंकाललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ। त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *