समावेशीताका आधारमा राजदूत नियुक्तिको सिफारिस गर्न सरकारको ध्यानाकर्षण (भिडियो)
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति समावेशीताका आधारमा राजदूत नियुक्तिको सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्री आरजु राणा देउवासंग छलफल गर्दै समितिले समावेशीताका आधारमा राजदूत नियुक्तिको सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
समिति सभापति राजकिशोर यादवले नेपालको संविधान र राजदूत नियुक्ती सम्बन्धी निर्देशिका २०७५ लाई मध्यनजर गर्दै आगामी दिनमा बिभिन्न मुलुकका लागि राजदूत सिफारिस गर्दा समानुपातीक–समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको जानकारी दिए।
बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी दिनमा संविधान र राजदूत नियुक्ती सम्बन्धी निर्देशिकालाई मूल आधार बनाएर राजदूत सिफारिस गर्न ध्यान दिइने बताइन्। कम्तीमा ५० प्रतिशत राजदूत परराष्ट्र सेवातर्फबाट हुनुपर्ने व्यवस्था गरिएको भन्दै त्यसबाहिरबाट राजदूत सिफारिस गर्दा क्षमता, अनुभवलाई ध्यान दिइएको उनले बताइन्।
बैठकमा समिति सदस्यहरुले बिभिन्न देशका लागि राजदूत सिफारिस गर्दा समानुपातीक–समावेशी सिद्धान्तलाई ख्यान नगरिएको र आफ्ना मान्छेको भर्ति केन्द्रमात्रै बनाइएको धारणा राखेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment