आईजीपीको जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: रामहरि खतिवडा (भिडियो)

डिसी नेपाल
१८ भदौ २०८१ १५:१६
160
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आईजीपीको जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै उनले सञ्चारमन्त्रीले केही दिन पहिला प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । उनले मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोल्ने गर्नुपर्ने भन्दै कटाक्ष गरे। यस बिषयमा सदनमा जवाफ दिन उनले माग गरे । उनले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा चलेको भन्दै यसको जवाफ खोज्नुपर्ने उल्लेख गरे।

त्यस्तै रास्वपा सांसद मनिझाले पनि जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै वाक् स्वतन्त्रताबिपरित बोल्नु उचित नहुने धारणा राखे । उनले एमालेका अग्रजहरुले आफुहरुलाई सभ्यता सिकाउने गरेको भन्दै पहिला आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई सभ्यता सिकाउन सुझाव दिए।

उनले धनुषामा रामदेव मण्डल र आशादेवीले एकबर्षदेखि नागरिकताको प्रतिलिपी लिन जादा नपाएको र कर्मचारीले रेकर्ड नै फेला नपरेको जवाफ दिएको भन्दै प्रशासनको कमजोरीको मारमा सर्वसाधारणलाई नपार्न ध्यानाकर्षण गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *