बालेनको चेतावनी- म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ

डिसी नेपाल
१८ भदौ २०८१ १८:३२
72
Shares

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफू गलत भए पक्राउ गर्न चेतावनी दिँदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन्।

बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोष्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन्।

यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोष्ट कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ।

यसै प्रसंगमा बालेनले पोष्ट उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन्। उनले भनेका छन्– ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *