एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

डिसी नेपाल
१९ भदौ २०८१ ९:३९
12
Shares

काठमाडौं। नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्दै छ। मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ। मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन्।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई तीन मिनेटको समय छुट्याएको छ भने त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले निर्देशन जारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *